post-slider post-slider

रातभर जारी आक्रमणमा गाजामा कैयौंको मृत्यु

Image
A A

काठमाडौं- हमास शासित गाजाको गृह मन्त्रालयले इजरायलले गरेको हवाइ आक्रमणमा परी कैयौं गाजावासीको ज्यान गएको बताएको छ।

गएराति इजरायलल गरको आक्रमणमा ठूलो संख्यामा मानिसका मृत्यु भएको र कैयौं घाइते भएको मन्त्रालयले दाबी गरेको छ।

मन्त्रालयले टेलिग्रामको एक पोस्ट लेखेर ‘इजरायलले गएराति र आज बिहान पनि आक्रमण गरेको’ बताएको छ।

यद्यपि यो आक्रमणमा हताहत हुने यकिन संख्याबारे उसले केही भनेको छैन।

मन्त्रालयले आक्रमणबाट भएको क्षतिसम्बन्धी तस्बिरहरू पनि सार्वजनिक गरेको छ। तस्बिरमा क्षतिग्रस्त भवन र आपतकालीन सेवाकर्मीहरूको शव भग्नावशेषबाट निकाल्दै गरिएको देखिएको छ।

गाजास्थित कैयौं अस्पतालनजिक पनि विस्फोट भएको बताइएको छ। 

प्यालिस्टिनी सञ्चारमाध्यमलाई उद्धृत गर्दै रोयटर्सले जनाएअनुसार गाजास्थित सबैभन्दा ठूलो अल–शिफ्राका साथै अल–कुद्स र इन्डोनेसियन अस्पताल नजिक विस्फोट भएको छ।

 

 

Tags: