post-slider post-slider

भारतीय प्रशासनको नेपाली प्रशासनलाई पत्राचार, महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

Image
A A

काठमाडौं- भारतको उत्तराखण्ड प्रदेश पिथौरागढ जिल्लाको छिरकिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँधका ढोकाहरू खोलिने भन्दै भारतीय प्रशासनले नेपाली प्रशासनलाई पत्राचार गरेको छ। त्यससँगै जिल्ला प्रशासन कार्यालय दार्चुलाले एक विज्ञप्ति जारी गर्दै तटीय क्षेत्रका बासिन्दालाई सतर्क रन आग्रह गरेको छ ।

एनएचपीसी लिमिटेड र धौलीगंगा पावर स्टेसनले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई दिएको जानकारी अनुसार धौलीगंगा जलविद्युत परियोजनाको जलाशयमा पानीको प्रवाह दिन प्रति दिन वृद्धि भइरहेको भन्दै जुनसुकै बेला पनि बाँधका ढोकाहरू खोलिन सक्ने जानकारी पठाएको हो ।

मौसम परिवर्तन भई वर्षातका कारण नदीको जल स्तर बढेको तथा जलाशयमा पानीको मात्रा वृद्धि भइरहेका बेला बाँधाका ढोकाहरू जुनसुकै बेला खोलिन सक्ने र सीमा नदी महाकाली नदीमा जल स्तर बढ्ने भन्दै नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई पूर्व सतर्कता तथा सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालय दार्चुलाको आग्रह छ ।

ब्यास गाउँपालिकाको वडा नम्बर ५ धौलाकोट देखि लेकम गाउँपालिकाको लाली सम्मका नदि तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्न जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी आग्रह गरिए छ ।

दार्चुला देखि बैतडी, डडेलधुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकालीमा पानीको बहाव र सतह बढ्न सक्ने भएका कारण नदी छेउछाउमा नजान र सतर्कता अपनाइ राख्न समेत नेपाल र भारतका स्थानीय प्रशासनले अनुरोध गरेको छ ।

Tags: