post-slider post-slider

आजबाट अंग्रेजी नयाँ वर्ष २०२४ सुरू

Image
A A

काठमाडौं- आजबाट अंग्रेजी नयाँ वर्ष सन् २०२४ सुरू भएको छ।

विश्वभर एकआपसमा शुभकामना आदान प्रदान गरी नयाँ वर्ष मनाइँदैछ।

ग्रेगोरियन पात्रोअनुसार स्न २०२३ को बिदाइ र नयाँ वर्ष सन् २०२४ को स्वागतमा विश्वभर विभिन्न कार्यक्रमहरू आयोजना भइरहेका छन्।

यशु ख्रस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले सुरू गरेकाले यसलाई ग्रेग्रोरियन पात्रो भन्ने गरिन्छ।

नयाँ वर्षमा इसाई धर्मावलम्बीहरूले यशुको सम्झना गर्दै अंगुरको रस र रोटी खाने प्रचलन रहेको छ।

नेपालमा पनि अंग्रेजी नयाँ वर्षको शुभकामना आदानप्रदान, सांगीतिक प्रस्तुततिलगायतका विभिन्न कार्यक्रमहरू भइरहेका छन्।

नयाँ वर्ष मनाउन काठमाडौं, पोखरा, नगरकोट, खन्याम, सौराहा, जनकपुरधामलगायतका स्थानहरूमा विदेशी तथा स्वदेशी पर्यटकहरूको घुइँचो देखिएको छ।

 

Tags: