post-slider post-slider

‘मधेसमा कम बजेट विनियोजन भएको आरोप साँचो होइन’

Image
A A

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेस प्रदेसमा कम बजेट विनियोजन भएको आरोप सत्य नभएको बताएका छन्।

प्रतिनिधिसभामा शुक्रबार भएको प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरका क्रममा सांसद अजयकुमार चौरसियाको प्रश्नको जवाफ दिँदै प्रचण्डले यस्तो बताएका हुन्।

उनले संघीयताको मर्मअनुरूप वित्तीय हस्तान्तरणमा १५ प्रतिशतभन्दा बढी रकम सोझै मधेसलाई दिइएको उल्लेख गरे।

प्रधानमन्त्री प्रचण्डले बजेट विनियोजनबाहेक संघीय सरकारले मधेस प्रदेसमा विभिन्न आयोजनाहरूमा समेत काम गर्दै आएको जिकिर गरे।

‘मधेसमा कम बजेट विनियोजन भयो भन्ने साँचो होइन, संघीयताको मर्मबमोजिम संघबाट प्रदेस र स्थानीय तहमा हुने वित्तीय हस्तान्तरणको १५ प्रतिशतभन्दा बढी रकम मधेसमै जाने गरेको छ। त्यसका अतिरिक्त संघीय सरकारले पुर्व–पश्चिम राजमार्ग, पथलैया–वीरगञ्ज कोरिडर, हुलाकी राजमार्ग, बागमती–कमला–चन्द्र नहरलगायत ठूला विकास आयोजनाहरूमा काम गर्दै आएको छ,’ उनले भने,‘आयोजनाहरूको कार्यप्रगति र आवश्यक्ताका आधारमा बजेट विनियोजन हुँदै आएको छ।’

मधेस प्रदेसमा अरू थुप्र्रै आयोजनामा बजेटको प्रबन्ध गरेको उल्लेख गरे।

प्रचण्डले वीरगञ्ज सहरको विकास सरकारको प्राथमिकतामा रहेको र नारायणी अस्पताल, ठाकुरराम बहुमुखी क्याम्पसलगायत त्यहाँका पूर्वाधार विकासमा समेत सरकारले बजेटको प्रबन्ध गरेको बताए।

 

Tags: