post-slider post-slider

इन्द्रजात्रामा हिँडेरै पुगे राष्ट्रपति

Image
A A

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेल इन्द्रजात्रामा सहभागी हुन हिँडेरै जात्रास्थल पुगेका छन्।

सर्वसाधारणलाई दुःख नहोस् भनेर पौडेल हिँडेर इन्द्रजात्रामा सहभागी भएका हुन्।

हनुमानढोका दरबार क्षेत्रमा रहेको बसन्तपुरबाट सुरू हुने इन्द्रजात्रामा सहभागी हुन राष्ट्रपति पौडेल जुद्ध शालिकमै गाडीबाट झरेर हिँड्दै पुगेको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

राष्ट्रपति पौडेलले यसअघि नै सर्वसाधारणको बाक्लो उपस्थिति रहने जात्रामा आफू सर्वसाधारणलाई दु ःख नहुने गरी सहभागी हुने बताएका थिए।

सुरक्षा संयन्त्रले पैदल जाँदा ‘थ्रेट’ हुने भन्दै राष्ट्रपतिलाई गाडीमै जात्रास्थलसम्म पुग्न अनुरोध गरेको थियो।

तर, राष्ट्रपतिले भने सुरक्षा ‘थ्रेट’ नहुने भन्दै जात्रामा पैदल सहभागी हुने बताएका थिए।

 

Tags: