post-slider post-slider

आज शेयर बजार ५ अङ्कले बढ्यो

Image
A A

काठमाडौं– शेयर बजार आज सामान्य बढेको छ। शेयर बजार परिसूचक नेप्से आज पाँच दशमलव १९ अङ्कले बढेर एक हजार नौ सय ७६ दशमलव २९ विन्दुमा पुगेको छ।

आज होटल तथा पर्यटन र उत्पादन समूहबाहेक अरू समूहको शेयर बढेको छ। सबैभन्दा धेरै सीआईसीएल नेपाल लघुवित्त र सयपत्री हाइड्रोको शेयर १० प्रतिशतले बढेको छ। समग्रमा बजार बढे पनि पिपुल्स हाइड्रो र मनकामना इन्जिनियरिङ हाइड्रोको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ।

आज दुई सय ८६ वटा कम्पनीका ५७ लाख ७६ हजार कित्ता शेयर एक अर्ब ७३ करोड ७३ लाख रुपैयाँमा कारोबार भएका छन्। आज सबैभन्दा धेरै एनआईसी एसिया बैंकको दुई करोड १६ लाख रुपैयाँभन्दा धेरैको शेयर किनबेच भएको छ।

Tags: