post-slider post-slider

कांग्रेसको बटमलाइन : संसदीय समिति गठन नभएसम्म संसद चल्दैन

Image
A A

काठमाडौँ - नेपाली कांग्रेसको पदाधिकारी बैठकले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग आफूहरूको बटमलाइन भएको निष्कर्ष निकालेको छ। 

सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा सोमबार बिहान बसेको बैठक पछि प्रतिक्रिया दिँदै कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले संसदीय छानबिन समिति गठनको माग आफूहरूको बटमलाइन भएको प्रतिक्रिया दिएका हुन्।

उनले भने, 'यो विषयमा कांग्रेसले सम्झौता गर्दैन। यो विषय अब कांग्रेसको मात्र रहेन। यो आम जनताको विषय हो। कांग्रेसले त यो विषय उठाएको मात्र हो।'

नेपाली कांग्रेसले संसद अवरोध गरिरहेका कारण मंगलबार सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रम नै अन्योलमा परेको छ।

कांग्रेसले सहकारी प्रकरणमा मुछिएको भन्दै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समितिको गठनको माग राख्दै संसदमा अवरोध गरिरहेको छ।

Tags: