post-slider post-slider

सुन तस्करीको नाइके उम्काउन खोजिँदै छ : राजेन्द्र लिङ्देन

Image
A A

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले भरिया पक्राउ गरेर सुन तस्करीका नाइकेको संरक्षण गर्न खोजेको आरोप लगाएका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले सुन तस्करीका विषयमा अहिले भइरहेको अनुसन्धान झारा टार्ने किसिमको मात्र भएको बताए।

विशेष आयोग, छानबिन आयोग बनाएर अनुसन्धान अघि बढाउन उनले माग गरेका छन्। नेपाल सुन तस्करीको ट्रान्जिट बनिरहेको भन्दै उनले अहिले पनि सरकारले थाहा पाएर सुन तस्करीमा संलग्न पक्राउ नपरेको बताए। 

विमानस्थल भन्सारबाट १०० किलो सुन प्रवेश गराइनु सामान्य विषय नभएको उनको भनाइ थियो। लिङ्देनले समाजलाई ठीक दिशामा ल्याउन यो घटनाको अनुसन्धान जरासम्म पुर्‍याउनुपर्ने धारणा राखे।

Tags: