post-slider post-slider

भारतीय विदेशमन्त्री जयशंकरलाई परराष्ट्रमन्त्री साउदले गरे स्वागत

Image
A A

काठमाडौं- भारतीय विदेशमन्त्री एस जयशंकरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री एनपी साउदले स्वागत गरेका छन्।

जयशंकरलाई स्वागत गर्न परराष्ट्रमन्त्री साउद आफैं विमानस्थल पुगेका थिए।

विदेशमन्त्री जयशंकर भारतीय वायु सेनाको विशेष विमान आइएफसी थ्री वानबाट काठमाडौं आइपुगेका हुन्। 

उनको विमान बिहान ९ बजेर ३१ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो।

जयशंकर नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा भाग लिन काठमाडौं आएका हुन्।

विदेशमन्त्री जयशंकरको बिहान बिहान ११ बजे शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेल र १२ बजे बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्ने कार्यक्रम छ।

त्यसपछि अपराह्न १ बजे परराष्ट्रमन्त्री एनपी साउदसँग होटल याक एन्ड यतिमा भेटवार्ता गरेर १ : १५ मा उनी संयुक्त बैठकमा सहभागी हुनेछन्।

१ : ४५ मा सम्झौतापत्रमा हस्ताक्षर कार्यक्रमपश्चात जयशंकर दिउँसो  २ बजे परराष्ट्र मन्त्रालयले आयोजना गरेको दिवा भोजमा सहभागी हुने कार्यक्रम छ।

३ : ४० मा नेपाली कांग्रेसका सभापति र ४ : ३० मा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ताको कार्यक्रम तय भएको छ।

विदेशमन्त्री जयशंकर साँझ ६: १५ बजे सोल्टी होटलमा रात्रीभोजमा सहभागी हुनेछन्।

शुक्रबार बिहान ८ बजे पशुपतिनाथमा पूजाआजापछि ९ बजे पुस्तकालय र अन्य भौतिक निर्माणको उदघाटनपश्चात उनी १२ बजे दिल्ली फर्किने कार्यक्रम रहेको छ।

उनको शुक्रबार दिउँसो १२ बजे यही विमानबाट दिल्ली फर्किने कार्यक्रम छ।

 

Tags: