post-slider post-slider

हार्डवेयरको सामान बोकेको ट्रक प्रहरी नियन्त्रणमा

Image

पर्सा, फागुन २२ - वीरगन्जबाट प्रहरीले एउटा मालबाहक ट्रक नियन्त्रणमा लिएको छ।

वीरगन्ज महानगरपालिका-१४ गण्डक चोकस्थित सडकखण्डबाट सोमबार राति ना८ख ६१७१ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो।

राति करिब साढे १० बजे बिल बिजकभन्दा बढीको सामान बोकेको देखिएपछि ट्रक नियन्त्रणमा लिइएको पर्सा प्रहरीले जनाएको छ।

ट्रकमा हार्डवेयरको सामान थियो। प्रहरीका नुसार उक्त ट्रक वीरगन्जबाट काठमाडौंतर्फ जाँदै थियो।

ट्रकमा ४८ लाख ८७ हजार रुपैयाँ बराबरको सामान रहेको प्रहरीले जनाएको छ। ट्रक र सामान राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको पर्सा प्रहरीले जनाएको छ।

Tags: