post-slider post-slider

गठबन्धन सरकारले राष्ट्रियताको पक्षमा काम गर्न सकेन : ओली

Image
A A

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकारले राष्ट्रियताको पक्षमा काम गर्न नसकेको आरोप लगाएका छन्।

शुक्रबार पोखरामा आयोजित सभामा उनले यस्तो आरोप लगाएका हुन्।

ओलीले सत्ता गठबन्धन जनताको पक्षमा काम गर्न नसकेपछि एमालेको विरोधमा उत्रिएको बताए।

गठबन्धन सरकार विकास निर्माण र जनताको पक्षमा काम गर्न सक्रिय नरहेको उनको आरोप छ।

अहिलेको तत्कालीक समस्या समाधानका लागि आफूहरू लागिरहेको बताउँदै उनले एमालेबाहेक अरू कसैले देश बनाउन नसक्ने दाबी गरे।

‘एमालेबाहेक अरू कसैले यो देश बनाउनसक्दैन, त्यो त स्पष्ट भइसक्यो। त्यसकारण उनीहरूको काम भनेको एमालेको विरोध गर्नु मात्र हो, खेदो खन्नेमात्र हो,’ ओलीले भने,‘राष्ट्रियताको पक्षमा गठबन्धन दल शिर निहुराउँछन्। यस अवस्थालाई तोड्न एमालेले मिसन ८४ सारेको छ।’

 

Tags: