post-slider post-slider

आइतबार श्री एयरलाइन्सका सबै उडान रद्द

Image
A A

काठमाडौं- श्री एयरलाइन्सले आइतबारका सबै उडान स्थगन गरेको छ।

उडिरहेका जहाजमा बारम्बर प्राविधिक समस्या आउन थालेपछि परीक्षणका लागि श्री एइरलाइन्सले आइतबारका सबै उडान स्थगन गरेको हो।

श्री एयरलाइन्सले विज्ञप्ति जारी गरेर ‘प्राविधिक समस्या सामना गर्नु परेका कारण असार १७ गतेका सबै आन्तरिक उडान स्थगन गरेको’ जनाएको छ।

श्री एयरलाइन्सका प्रबन्धक अनिल मानन्धरले नागरिक उड्डयन प्राधिरणले नभइ श्रीले सबै जहाजहरूको प्राविधिक जाँचका लागि आइतबारका उडानहरू स्थगत गरेको जनाएका छन्।

शनिबार काठमाडौंबाट धनगढीका लागि उडेको श्रीको ड्यास–८ क्यू–४०० विमानमा प्राविधिक समस्या देखिएपछि चालक दलले विमानलाई काठमाडौं फर्काएका थिए।

‘प्राविधिक समस्या नदोहोरियोस् भनेर असार १७ गतेका दिन हुने यस एयरलाइन्सका सम्पूर्ण उडान स्थगन गरी सबै विमानको सम्पूर्ण प्राविधिक परीक्षण गर्ने निर्णय गरिएको छ, श्रीको विज्ञप्तिमा भनिएको छ।

 

Tags: