post-slider post-slider

विद्येयकको विरोधमा शिक्षकहरू आन्दोलनमा

Image
A A

काठमाडौं- सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा शिक्षकहरू आन्दोलनमा उत्रिएका छन्।

सरकारले ल्याएको ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ को विरोधमा नेपाल शिक्षक महासंघको विरोधमा शिक्षकहरू आन्दोलनमा उत्रिएका हुन्।

देशभरबाट काठमाडौं आएका शिक्षकहरू माइतीघरमा जम्मा भएर नयाँ बानेश्वर पुगेका छन्।

शिक्षक आन्दोलनका कारण सवारीसाधन अवागमन प्रभावित बनेको छ।

विधेयकमा नेपाल शिक्षक महासंघले १८ बुँदे असहमति छ। ती माग पूरा नभएसम्म आन्दोलन नरोकिने महासंघले जनाएको छ।

आन्दोलनरत महासंघलाई समस्या समाधानका लागि शिक्षा मन्त्रालयले मंगलबार वार्तामा बोलाएको थियो। महासंघले भने शिक्षा मन्त्रालयले बोलाएको वार्तामा नजाने अडान लिएको छ।

आन्दोलनमा भाग लिन ४५ हजारबढी शिक्षक काठमाडौं आएको महासंघले दाबी गरेको छ।

आन्दोलनका लागि ७७ वटै जिल्लाबाट राहत, करार, बाल विकास, स्थायीलगायतका शिक्षक कर्मचारी काठमाडौं आएका छन्।

माग सम्बोधन नभए विद्यालय बन्द गरेर आन्दोलन गर्ने महासंघले चेतावनी दिएको छ।

शिक्षक महासंघले घोषणा गरेको विद्यालय बन्द कार्यक्रममा नेपाल विद्यालय कर्मचारी युनियन, नेपाल सामुदायिक विद्यालय कर्मचारी संघ, नेपाल विद्यालय कर्मचारी परिषद, राहत शिक्षक र पेन्सन वञ्चित शिक्षक केन्द्रीय संघर्ष समिति लगायतले ऐक्यबद्धता जनाएको छ।

 

Tags: