post-slider post-slider

इजरायल–हमास युद्ध : गाजामा ९ हजारबढीको मृत्यु

Image
A A

काठमाडौं- इजरायल र हमासबीच जारी संघर्षमा गाजामा ९ हजारबढीको मृत्यु भएको छ।

इजरायलको आक्रमणमा परी गाजामा हालसम्म ९ हजार ७७० जनाको मृत्यु भएको गाजामा हमास शासित स्वास्थ्य मन्त्रालयले जनाएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार यो अक्टुबरदेखि हालसम्म गाजामा मारिएका मानिसहरूको आँकडा हो।

मृतकमध्ये चार हजारबढी बालबालिका रहेका छन्।

यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले मानवीय आधारमा केही समयका लागि युद्ध विरामसम्बन्धी छलफलमा प्रगतिको संकेत गरेका छन्।

७ अक्टुबरका दिन इजरायलमाथि हमासले गरेको आक्रमणमा १४ सय मानिस मारिएका थिए भने हमासले २४० जनालाई बन्धक बनाएको थियो।

केही बन्धकलाई हमासले रिहा गरेको बताइएको छ।

हमास आक्रमणमा परी इजरायलमा अध्ययन गर्न गएका १० जना नेपाली विद्यार्थीको समेत मृत्यु भएको थियो। 

त्यस्तै एक जना विद्यार्थी विपिन जोशी हालसम्म बेपत्ता छन्। जोशीलाई पनि हमास समूहले बन्धक बनाएको हुनसक्ने आशंका गरिएको छ।

उनको रिहाइका लागि पहल गरिदिन कतारस्थित नेपाली दूतावासले कतारसँग आग्रह गरेको छ।

 

Tags: