post-slider post-slider

‘रावायण’ फिल्मका अभिनेता केसी पक्राउ

Image
A A

काठमाडौं- अभिनेता अनमोल केसी पक्राउ परेका छन्।

आपराधिक विश्वासघात गरेको आरोपमा केसी पक्राउ गरेका हुन्।

उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंको टोलीले उनलाई साँगाबाट पक्राउ गरेको हो।

‘रावायण’ नामक फिल्ममा भएको विवादलाई लिएर निर्माता समूहले केसीविरुद्ध आपराधिक विश्वासघातको कसुरमा किटानी जाहेरी दिएका थिए।

उनलाई साँगाबाट साँझ साढे ५ बजे नियन्त्रणमा लिइएको र थप अनुसन्धानका लागि हिरासतमा लिइएको प्रवक्ता रेग्मीले जानकारी दिएका छन्।

निर्माण कम्पनी सुदर्शन थापा प्रोडक्सन प्रािलको तर्फबाट सुप्रिया भन्ने चन्द्रकला कटरवालले उजुरी दिएकी थिइन्।

उक्त उजुरीको आधारमा अनमोलविरुद्ध केही दिनघि पक्राउ पुर्जी जारी भएको थियो।

 

Tags: