post-slider post-slider

स्वास्थ्यकर्मी कुटपिट गर्नेलाई तीन वर्ष कैद र तीन लाख जरिवाना

Image
A A

काठमाडौं- सरकारले स्वास्थ्यकर्मीमाथि कुटपिट गर्ने व्यक्तिलाई तीन वर्ष कैद र तीन लाख रूपैयाँ जरिवाना गराउने व्यवस्था गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरूलाई कुटपिट गर्ने वा शारीरिक रूपमा चोट पु¥याउने कार्य गर्ने व्यक्तिलाई ३ वर्षसम्म कैद वा ३ लाख रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरेको हो।

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन, २०७९) बमोजिम यो व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।

साथै स्वास्थ्यकर्मीको सुरक्षामा अवरोध पु¥याउने, हातपात गर्नेमाथि यसै कानुनअनुसार कारबाही गर्न नेपाल सरकार पूर्णरूपमा प्रतिबद्ध रहेको मन्त्रालयले बाएको छ।

यसैगरी, स्वास्थ्य संस्थामा आगजनी गरे दुईदेखि पाँच वर्षसम्म कैद वा दुई लाख रूपैयाँदेखि पाँच लाखसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था ऐनमा उल्लेख छ।

साथै स्वास्थ्य संस्थामा तोडफोड वा अन्य कुनै कार्य गरी हानी नोक्सानी पु¥याए पनि ३ वर्ष कैद वा ३ लाख रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।

यसैगरी, स्वास्थ्य संंस्थामा तालाबन्दी गर्न वा घेराउ गरे, स्वास्थ्य संस्थामा उपचारका लागि आएका वा उपचाररत बिरामीहरूको उपचार गर्ने कार्यमा कुनै किसिमको बाधा पु¥याए वा स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरूलाई हातपात गरे एक वर्ष कैद वा एक लाख रूपैयाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ।

 

Tags: