post-slider post-slider

दाङमा १७ केजी चित्तलको मासुसहित तीन जना पक्राउ

Image
A A

दाङ- दाङमा चित्तलको १७ केजी मासुसहित तीन जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा लमही-६ का ४५ वर्षीय नुरबहादुर कुमाल, गढवा-६ का ३० वर्षीय मनोज थापा मगर, गढवा-६ कै ३१ वर्षीय करण केसी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजनकुमार गौतमले जानकारी दिए।

उनले आइतबार बेलुकी साढे पाँच बजे घोराही-३ कुइरेपानीमा चेकजाँच गर्नेक्रममा जेब्रा झोलामा लुकाएको अवस्थामा चित्तलको मासु फेला परेको बताए।

उनीहरूलाई पक्राउ गरी थप अनुसन्धानका लागि  डिभिजन वन कार्यालय घोराही, दाङलाई बुझाइएको प्रहरीले बताएको छ।

 

Tags: