post-slider post-slider

सञ्‍चारमन्त्री शर्माको दाबी- सबै प्रकरणमाथि छानबिन हुन्छ 

Image
A A

दाङ- नेपाल सरकारकी प्रवत्ता एवं सञ्‍चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले खोलेका सबै प्रकरणको छानबिन निष्कर्षमा पुग्ने दाबी गरेकी छन्।

दाङमा प्रेस सेन्टरले गरेको पत्रकार सम्मेलनमा सरकारले खोलेका सबै खाले फाइललाई गम्भिरताका साथ हेरिएको बताउँदै उनले ती प्रकरणमा अनुसन्धान भइरहेको र सबै निश्कर्षमा पुग्ने उनले जानकारी दिइन्।

‘विगतका प्रकरणमा भएका अनुसन्धान हेर्दा बीचैमा रोकिन्छ की भन्ने आशंक उठ्नु स्वभाविक छ, तर अहिले त्यस्तो छैन,' उनले भनिन्।

सररकाले आफ्नै घरको मान्छेलाई पनि नछोड्ने भन्ने कमिटमेन्ट गरेको उनको भनाइ छ। प्रधानमन्त्री स्यवम्ले पनि यस्तो भनेकाले अहिले भइरहेका प्रकरण छिट्टै निश्कर्षमा पुग्ने उनले विश्वास व्यक्त गरिन्।

सरकारले भर्खरै खोलेको गिरीबन्धु टी इस्टेट फाइल पनि अघि बढेको बताइ्। ‘गिरीबन्धु टी इस्टेट प्रकरण लगायतका अन्य थुप्रै भष्ट्रचार सम्बन्धीका चर्चित काण्डहरु हामी सामु छन्, तीनमा कहाँ के बदमाशी भएको खोजतलास जरुरी छ’ उनले भनिन्, ‘त्यो प्रक्रियामा अघि बढेका छौं, त्यो गर्छौं पनि । कुन- कति बेला हुन्छ अनुसन्धानले बताउँने कुरा हो, अनुस्न्धानबाट जुन प्रकरणमा बढी आधार खुल्छ त्यसैलाई पहिला अघि बढाउँछौं।’

उनले सरकारले खोलेको सबैखाले प्रकरणमा अनुसन्धानले निकाश पाउँने भन्नेमा विश्वास व्यक्त गरिन्।

Tags: