post-slider post-slider

उपेन्द्र यादवलाई प्रमुख अतिथि बनाइएपछि जनमतको विरोध

Image
A A

जनकपुरधाम- जनमत पार्टीका कार्यकर्ताले राजविराजस्थित मधेस कृषि विश्वविद्यालयमा तालाबन्दी गरेका छन्।

विश्वविद्यालयको शिलान्यास गर्न जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई प्रमुख अतिथि बनाइएपछि जनमत पार्टीका कार्यकताले विश्वविद्यालयको कार्यालयमा तालाबन्दी गरेका हुन्।

राजविराज–१३ स्थित विश्वविद्यालय भवनको सोमबार शिलान्यास गर्ने कार्यक्रम तय भएको छ।

शिलान्यासमा जसपा अध्यक्ष यादवलाई प्रमुख अतिथि बनाइएपछि जनमतका कार्यकर्ता विरोधमा उत्रिएका हुन्।

जनमतका कार्यकर्ताहरूले आइतबार विश्वविद्यालयका उपकुलपतिलाई ज्ञापनपत्र बुझाउँदै कार्यालयमा तालाबन्दी गरेका हुन्।

जसपा अध्यक्ष यादवलाई कुनै पनि हालतमा शिलान्यास कार्यक्रमको प्रमुख अतिथि बनाउन नदिने अडान जनमतका कार्यकर्ताहरूले लिएका छन्।

यता जसपा कार्यकर्ताहरू पार्टी अध्यक्ष यादवलाई प्रमुख अतिथि बनाउने अडानमा छन्।

जनमत पार्टीले विश्वविद्यालयमा दलीयकरण बन्द गर्न, गैरवैधानिक काममा रोक लगाउन, विश्वविद्यालयको डिपिआरमा भ्रष्टाचार भएको भन्दै छानबिन गर्न, ठेकापट्टामा भइरहेको मिलेमतो बन्द गर्न, परीक्षा बोर्डविना लिइएको परीक्षाको छानबिन गर्न, न्युक्तिमा राजनीतिकरण बन्द गर्नलगायतका मागहरू अघि सारेका छन्।

मधेस प्रदेसमा केन्द्रित भएर राजनीतिक गतिविधि अगाडि बढाइरहेका जसपा र जनमत अधिकांश घटनाहरूमा आमुन्ने सामन्नुे देखिने गरेका छन्।

यसअघि ३ माघमा मधेस प्रदेसका मुख्यमन्त्री सरोजकुमार यादव जनकपुरधाममा सरकारको एक वर्षको प्रगति विवरण सार्वजनिक गरिरहँदा जनमतका कार्यकर्ताहरूले कार्यक्रम हलभित्रै विरोधमा उत्रिएका थिए।

मधेस प्रदेसमा सत्ता साझेदार दल रहेको जनमत पार्टी प्रदेस सरकार भ्रष्टाचारमा डुबेको आरोप लगाउँदै मुख्यमन्त्री यादवको विरोध गरेका थिए।

 

Tags: