post-slider post-slider

‘न्युजक्लिक’ मा आबद्ध पत्रकारहरूको घरमा दिल्ली प्रहरीको छापा

Image
A A

काठमाडौं- अनलाइन न्युज पोर्टल ‘न्युजक्लिक’ मा आवद्ध पत्रकारहरूको घरमा मंगलबार दिल्ली प्रहारीले छापा हानेको छ।

केही समयअघि यो न्युज पोर्टलमाथि चीनसँग आर्थिक सहयोग लिएको आरोप लागेको थियो। त्यसपछि ‘इन्फोर्समेन्ट डाइरोक्ट्रोरेट’ (इडी) ले छानबिन सुरू गरेको थियो।

पत्रकार अभिसार शर्माले ट्विट गरेर ‘दिल्ली प्रहरी मेरो घरमा पुगेको र ल्यापटप र फोन लगेको’ बताएका छन्।

समाचार एजेन्सी एएनलाईले न्युज क्लिकसँग जोडिएका ३० भन्दा बढी स्थानमा प्रहरीले छापा हानेको जनाएको छ।

पत्रकार भाषा सिंहले सामाजिक सञ्जालमा लेखेकी छन्,‘यो फोनबाट मेरो अन्तिम ट्विट हो। दिल्ली प्रहरीले मेरो फोन जफत गरेको छ।’

प्रेस क्लब अफ इन्डियाले पत्रकारको घरमा प्रहरीले छापा हान्नु चिन्ताजनक विषय भएको बताएको छ।

‘पत्रकार र न्युजक्लिकसँग आवद्ध व्यक्तिहरूको घरमा छापामारी चिन्ताको विषय हो। यो मामिलामाथि हामीले नजर बनाएका छौं। हामी पत्रकारहरूका साथमा छौं। यो मामिलाबारे प्रष्ट पार्न हामी सरकारसँग माग गर्दछौं,’ प्रेस क्लब अफ इन्डियाले भनेको छ।

 

Tags: