post-slider post-slider

पाल्पामा जिप दुर्घटना, ६ जनाको मृत्यु

Image
A A

काठमाडौं- पाल्पाको रानीमहल दरबार नजिक जिप दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ।

पर्यटकीयस्थल रानीघाट दरबार नजिकै बैकुण्ठे भीरबाट खोलामा जिप खस्दा ६ जनाको ज्यान गएको हो।

र्दुघटनामा जिपका चालक घाइते भएका छन्।

र्दुघटनामा ज्यान गुमाउनेमध्ये तीन महिला, दुई बालक र एक पुरुष रहेका छन्।

बागमती प्रदेस ०१–०२६ च ७२०९ नम्बरको जिप दुर्घटना भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा पाँच जना नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का रहेका छन्।

दुर्घटनामा देवचुली–१६ रजहरका अन्दाजी ५६ वर्षीया पार्वती लोहनी, सोही ठेगानका ३५ वर्षीया सबिता धिताल, ११ वर्षीय सबिस लोहनी, अढाइ वर्षका ईसव लोहनी र अन्दाजी ६५ वर्षीय कृष्णबहादुर लोहनीको मृत्यु भएको प्रहरीले जनाएको छ।

अर्का एक जना लमजुङ वेसीसहर वडा नम्बर २ भकुन्डे बस्ने अन्दाजी ५५ वर्षीया चुना धितालको पनि दुर्घटनामा ज्यान गएको प्रहरीले बताएका छ।

र्दुघटनामा घायते भएका नवलपरासी देवचुली नगरपालिका–१६ का ३६ वर्षीय चालक ईश्वरबहादुर लोहनी गम्भीर घाइते भएका छन्।

उनको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको छ।

 

Tags: