post-slider post-slider

अन्ततः सुदूरपश्चिम सरकारमा सहभागी हुने भयो नागरिक उन्मुक्ति पार्टी

Image
A A

काठमाडौं- नागरिक उन्मुक्ति पार्टी अन्ततः सुदूरपश्चिम सरकारमा सहभागी हुने भएको छ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको छलफलमा सहमति जुटेपछि नागरिक उन्मुक्ति पार्टी सरकारमा जान तयार भएको हो।

छलफलमा नागरिक उन्मुक्ति पार्टीले दुई मन्त्री पाउने सहमति भएको नेताहरूले बताएका छन्।

नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेससभाका सांसद लक्ष्मणकिशोर चौधरीले कृषि मन्त्रालय पाउने बताइएको छ।

त्यस्तै संसदका समितिलाई बढाएर नागरिक उन्मुक्ति पार्टीलाई नेतृत्व दिने सहमति पनि भएको बताइएको छ।

हाल कायम ४ संसदीय समितिलाई बढाएरु ६ वटा बनाइ दुईमा नागरिक उन्मुक्ति पार्टीलाई नेतृत्व दिने सहमति भएको छ।

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले बिहीबार सुदूरपश्चिम सरकारमा सहभागी हुने सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।

कांग्रेस–माओवादी गठबन्धन नबन्दासम्म सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टी निर्णायक अवस्थामा थियो। नागरिक उन्मुक्तिको विश्वास पाउने आशासहित २७ माघमा कांग्रेसका कमल शाह मुख्यमन्त्री नियुक्त भएका थिए।

शाहले जेठ ६ मा मन्त्रिपरिषद पुनर्गठन गर्दा एउटामात्र मन्त्रालय दिएपछि नागरिक उन्मुक्ति पार्टी सरकारमा सामेल भएको थिएन।

सुदूरपश्चिममा अहिले दुईवटा मन्त्रालय रिक्त छ।

 

Tags: