post-slider post-slider

चट्याङ लागेर गुल्मीमा १५ वर्षीया किशोरीको निधन

Image
A A

बुटवल- गुल्मीमा चट्याङ लागेर १५ वर्षीया किशोरीको निधन भएको छ। जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर १ नेटा बस्ने टीका बलालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

आफ्नै घरमा बसिरहेको समयमा चट्याङ लाग्दा बलाल घाइते  भएकोमा उपचारको लागि बागलुङको बुर्तिबाङ प्राथमिक केन्द्रमा लगिएकोमा उपचारकै क्रममा ज्यान गएको गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नवीन किशोर प्रधानले जानकारी दिए।

Tags: