post-slider post-slider

कर्मचारीहरूलाई प्रधानमन्त्रीको निर्देशन : ‘जनताको जीवनरक्षाका निम्ति गम्भीर बनौं’

Image
A A

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रण्चड’ ले कर्मचारीहरूलाई प्रशासक नभइ जनसेवक भएर काम गर्न निर्देशन दिएका छन्।

शुक्रबार सिंहदरबारमा आयोजित राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको ११ औं बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले औपचारिक नेतृत्व वा प्रशासक नभएर जनताको सेवकका रूपमा आफूलाई स्थापित गर्न निर्देशन दिएका हुन्।

उनले विपदअगावै उद्धार र राहतसम्बन्धी आवश्यक आधारभूत सामग्रीहरूको बन्दोबस्त किन नगरिएको भन्दै प्रश्न गरे।

प्रचण्डले भने, ‘वर्षाको समयपूर्व नै किन हामी उद्धार र राहतसम्बन्धी आवश्यक आधारभूत सामग्रीहरूको बन्दोबस्त गर्दैनौं? विपदजस्तो अत्यन्तै संवेदनशील विषयमा पनि किन हामी झन्झटिलो प्रशासनिक सञ्जाल बनाएर नागरिकलाई सास्ती दिइरहेका छौं? राहत र पुनःस्थापनामा मानवीय भावनासहितको तदारूकता देखिनुपर्नेमा किन हामी औपचारिक नेतृत्व र प्रशासक बनेर प्रस्तुत हुन्छौं? यी र यस्ता प्रश्नहरूप्रति जिम्मेवार बनेरमात्र हामीले सही अर्थमा विपद न्यूनिकरण र व्यवस्थापनका कामलाई प्रभावकारी बनाउन सक्छौं।’

 

Tags: