post-slider post-slider

एक वर्षभित्र निजगढ विमानस्थलको साइट क्लियर हुन्छ : प्रचण्ड

Image
A A

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अबको एक वर्षभित्र निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको साइट क्यिलर हुने बताएका छन्।

शुक्रबार प्रतिनिधिसभाको प्रश्नोत्तर कार्यक्रममा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै प्रचण्डले यस्तो बताएका हुन्।

राष्ट्रिय गौरवका आयोजनाहरूमा बजेट कम हुने अवस्थामा सरकारले थप बजेटको व्यवस्था गर्ने उनले प्रतिबद्धता जनाए।

‘राष्ट्रिय गौरवका आयोजनाहरूमा बजेट कम हुने अवस्थामा थप बजेट व्यवस्थ ागर्ने गरिएको छ। राष्ट्रिय गौरवका आयोजना र अन्य प्राथमिक आयोजनाहरूको जग्गा अधिग्रहण मुआब्जा तथा क्षतिपूर्ति वितरण गर्ने कार्य सरकारको प्राथमिकतामा रहेको छ,’ प्रचण्डले भने।

उनले आगामी दिनमा आवश्यक बजेट व्यवस्थासहित सम्बन्धित निकायमार्फत सम्बोधन गरिने उनले बताए।

 

Tags: