post-slider post-slider

मधेसका मुख्यमन्त्रीबारे टिप्पणी गरेका कारण पक्राउ परेका चिकित्सक झा रिहा

Image
A A

काठमाडौं- मधेस प्रदेसका मुख्यमन्त्री सरोजकुमार यादवबारे सामाजिक सञ्जालमा टिप्पणी गरेपछि जनकपुरधामबाट पक्राउ परेका चिकित्सक अरुण झा रिहा भएका छन्।

गल्ती स्वीकार गरेको र अब यस्तो गल्ती नगर्ने सर्तमा उनलाई रिहा गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए।

चिकित्सक झाले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर मुख्यमन्त्री यादवलाई कालोमोसो दल्ने चेतावनी दिएका थिए।

झाले फेसबुकमा ‘मलंगवामा भएको घटनाका दोषीलाई कारबाही÷गोली हान्नुस् मुख्यमन्त्री सरोज यादवज्यू, नत्र हामी छिट्टै तपाईंलाई कालोमोसो दल्छौं’ लेखेका थिए।

प्रहरीले उनलाई मौखिक उजुरीको आधारमा मंगलबार पक्राउ गरेको थियो।

आयुर्वेद चिकित्सक रहेका उनी जनकपुरधाम–४ विश्वकर्मा चोकमा निजी क्लिनिक सञ्चालन गरिरहेका छन्।

संविधानले नै वाक स्वतन्त्रताको हक प्रत्याभूत गरेका बेला सामाजिक सञ्जालमा टिप्पणी गरेकै कारण झालाई पक्राउ गरिएपछि आलोचनासमेत भएको थियो।

नागरिकको वाक स्वतन्त्रताको अधिकार ग्यारेन्टीको माग गर्दै झालाई रिहा गर्न स्थानीय युवाहरूले माग गरेका थिए।

Tags: