post-slider post-slider

नामिबियासँग नेपाल ४ विकेटले पराजित

Image
A A

काठमाडौँ - आईसीसी विश्वकप क्रिकेट लिग २ को पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको छ।

नेपालले दिएको १३३ रनको कमजोर लक्ष्य नामिबियाले ३३ दशमलव १ ओभरमा नै भेट्टायो।

नेपालका सोमपाल कामीले ३, ललित राजवंशीले २ र कप्तान रोहित पौडेलले १ विकेट लिए पनि हार टार्न सकेनन्।

त्रिवि क्रिकेट मैदानमा नेपाली टोली टस हारेर पहिला ब्याटिङमा उत्रिएको थियो। नेपालले घरेलु मैदान कीर्तिपुरमा ओडीआईमै अहिलेसम्मकै सबैभन्दा कम योगफल बनाउन सकेको हो। नेपाल ४१ दशमलव १ ओभरमा १३२ रन बनाएर अलआउट भएको थियो।

Tags: