post-slider post-slider

नेपाली महिला कबड्डी टिमले पदक जित्ला?

Image
A A

काठमाडौं- चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदमा नेपाली महिला कबड्डी टिम कास्यपदक नजिक पुगेको छ। सोमबार भएको खेलमा अर्को दक्षिण एसियाली प्रतिद्वन्द्वी बंगलादेशलाई ३६–२४ ले हराउँदै नेपाली टिम पदकनजिक पुगेको हो।

महिला कबड्डीको सेमिफाइनलमा स्थान बनाउने टिमले कास्य पाउने हुँदा नेपालको पदक सम्भावना बलियो बनेको छ। नेपाल एसियाडको महिला कबड्डीको समूह ’बी’मा छ। यो समूहमा नेपालसँगै बंगलादेश र इरान छन्।

समूहबाट शीर्ष दुई टिमले सेमिफाइनलमा स्थान बनाउनेछन्। अब इरानले बंगलादेशलाई हराए नेपालको कम्तीमा कास्यपदक निश्चित हुनेछ।

जारी एसियाडमा हालसम्म नेपाल पदकविहीन छ। नेपालले २९ खेलमा सहभागिता जनाएको छ। २५३ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन्।

Tags: