post-slider post-slider

घट्यो पेट्रोलको मूल्य

Image
A A

काठमाडौं- नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ।

आइतबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रूपैयाँ र डिजेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले घटाएको छ।

भारतीय आयल कर्पोरेसन (आइओसी) बाट मूल्य घटेर आएपछि निगमले नयाँ मूल्य समायोजन गरेको हो।

नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोलको प्रतिलिटर १७३ र डिजेलको प्रतिलिटर मूल्य १६८ रूपैयाँ पर्नेछ।

 

Tags: