post-slider post-slider

प्रहरी हवल्दार एक लाख घुससहित पक्राउ

Image
A A

काठमाडौं- काठमाडौंको बुढानिलकण्ठबाट एक जना प्रहरी हवल्दार एक लाख घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले वरिष्ठ प्रहरी हवल्दार विष्णु सिंहलाई एक लाख घुससहित पक्राउ गरेको हो।

सिंह प्रहरी प्रभाग बुढानिलकण्ठमा कार्यरत छन्।

कुख्रे खोलाको ढल तथा सरसफाइ र निकास गर्दा निस्कने बालुवा व्यवस्थापनमा सहजीकरण गर्न घुस लिएको आरोपमा सिंहलाई अख्तियारको टोलीले पक्राउ गरेको हो।

टंगलास्थित अख्तियार मुख्यालयबाट खटिएको टोलीले उनलाई बुढानिलकण्ड नगरपालिका–२ बासिकबाट पक्राउ गरेको हो।

Tags: