post-slider post-slider

कोसीमा कांग्रेसको नेतृत्वमा सरकार बनाउने गठबन्धनबीच सहमति

Image
A A

काठमाडौं- सत्ता गठबन्धनबीच कोसी प्रदेसमा नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउने सहमति भएको छ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले कोसी कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्रीमा अघि सार्ने सहमति गरेको हो।

कोसीको मुख्यमन्त्रीका लागि माओवादी केन्द्रले पनि दाबी गरेको थियो। तर, गठबन्धनका शीर्ष नेताहरूबीच कांग्रेस संसदीय दलका नेता थापाको नेतृत्वमा सरकार बनाउने सहमति भएको हो।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्र पाण्डेले कोसीमा कांग्रेसलाई मुख्यमन्त्री दिने सहमति भएको जानकारी दिए।

प्रदेससभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि कोसीमा एमालेका हिक्मतकुमार कार्की नेतृत्वको सरकार ढलेपछि प्रदेस प्रमुख पर्शुराम खापुङले २१ आसारसम्म सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका छन्।

प्रमुख प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठनका लागि आह्वान गरेका हुन्।

 

Tags: