post-slider post-slider

औषधी बिक्री प्रतिनिधि संघको अधिवेशनमा यादव निर्वाचित

Image
A A

विराटनगर- नेपाल औषधी तथा बिक्री प्रतिनिधि संघको मोरङ इकाइ अधिवेशन सम्पन्न भएको छ।

 मंगलबार नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ (एनएमएसआरए) मोरङको २६औं  इकाइ अधिवेशन होटल मनासुइन विराटनगरमा सम्पन्न  भएको हो।

औषधी तथा बिक्री प्रतिनिधिलाई बोलिचालीको भाषामा मेडिकल रिप्रेजेन्टिटिभ (एमआर) भन्ने गरिन्छ।

अधिवेशनबाट संघको अध्यक्षमा रमानन्द यादव निर्वाचित भए। नवनिर्वाचित अध्यक्षका अनुसार मोरङ का चार सय सदस्य प्रतिनिधिले इकाइ अधिवेशनमा सहभागी थिए।

वरिष्ठ उपाध्यक्षमा रविनकुमार चौधरी, उपाध्यक्षमा लालबाबु  यादव, सचिव तेज नारायण साह, लोमस निरौला, विकासकुमार मण्डल, कोषाध्यक्षमा  सन्जीवकुमर कर्ण,  सहकोषाध्यक्षमा उत्सवराज माला निर्वाचित भएका छन्।

अधिवेशनबाट १३ सदस्य,  दुई सदस्य मनोनित  र  तीन सल्लाहकार समितिसहित  १८ सदस्यीय कार्यकारिणी समिति गठन भएको छ।

समितिको कार्यकाल दुई वर्षको रहेको अध्यक्ष यादवले जानकारी दिए।

यता, कोशी प्रादेशिक अस्पताल विराटनगरमा उपचार गराउन आएकी इन्द्राकुमारी विक र उनको परिवारको कोसी अस्पताल परिषद भित्रैबाट पर्ससहित मोबाइल र पैसा चोरी भएकोमा संघले सहयोग गरेको छ।

संखुवासभा घर भएका विक परिवारलाई घर फर्किन पैसा नभएको अवस्थामा नेपाल औषधी तथा बिक्री प्रतिनिधि संघका पूर्वकेन्द्रीय सदस्य रामबहादुर देउजा र विराटनगरका अध्यक्ष रमानन्द यादवलगायतको पहलमा ९ हजार ५० रुपैयाँ हस्तान्तरण गरिएको छ।

यस्तै, संघ र न्यूरो  कार्डियो तथा मल्टि स्पेसालिटी अस्पतालबीच सम्झौता भएको छ।

संघका सदस्यहरू तथा  परिवारजनको उपचारमा २५ प्रतिशतसम्म छुट दिने सम्झौता भएको हो।

Tags: