post-slider post-slider

दसैंको नवौं दिन महानवमी मनाइँदै

Image
A A

काठमाडौं - प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिन मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ।

महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनका दिन राखिएको जमरा विभिन्न शक्तिपीठमा लगि चढाइन्छ।

दसैंघर र कोतलगायत विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत एवं देवी स्तोत्रपाठ गरिन्छ।

पशुबलि नदिने र साकाहारीहरूले भने महानवमीका दिन कुभिन्डो, घिरौंला, मुला, काँक्रो र जटा नरिवलसमेत बलि दिइ पायस पनि चढाउने गर्दछन्।

अधिकांश स्थानमा महाष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन पनि छ।

माकैण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुन्डा देवीले रक्तबीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महत्वका साथ लिइन्छ।

कतिपय शक्तिपीठमा आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि पनि दिने गरिन्छ।

नवरात्राको अन्तिम दिन आज पनि देशभरका शक्तिपीठमा पूजा आराधाना एवं दर्शनका लागि भक्तजनको भीड लाग्छ।

 

Tags: