post-slider post-slider

डिजिटल साक्षरता विद्यालय तहदेखि समावेश गर्न आवश्यक छ : प्रधानमन्त्री

Image
A A

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल  ‘प्रचण्ड’ले सूचना प्रविधिको युग र राष्ट्रिय आवश्यकतालाई मध्यनजर गर्दै विद्यालय तहदेखि नै डिजिटल साक्षरतामुखी पाठ्यक्रम जरूरी रहेको बताएका छन्।

शुक्रबार दिउँसो सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्‌द्वारा आयोजित ‘आधुनिक सूचना प्रविधिले राष्ट्रिय सुरक्षामा पार्ने प्रभाव’ विषयक अन्तरक्रियामा बोल्दै प्रधानमन्त्रीले विद्यालय तहदेखि नै डिजिटल साक्षरतामुखी पाठ्यक्रम लागू गर्नुपर्ने बताए।

अन्तरक्रियामा प्रधानमन्त्रीले भने, ‘आजको विज्ञान–प्रविधिको युगमा आधारभूत तहबाट नै डिटिजल साक्षरताको विकास गरी प्रविधिमैत्री ज्ञानका साथै प्रविधिको दुरूपयोगको खतराबाट बच्नसक्ने पर्याप्त सावधानीबारे जानकारी आवश्यक छ।’

Tags: