post-slider post-slider

टिकटक बन्द गर्ने निर्णय गरेर सरकार उल्टो कदम हिँडेको छ : गगन थापा

Image
A A

काठमाडौं- सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगन थापाले टिकटक बन्द गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन्।

थापाले टिकटक बन्द गरेर सरकार उल्टो कदम हिँडेको भन्दै आपत्ति जनाएका हुन्।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले सामाजिक सद्भाव बिगार्न भूमिका खेलेको भन्दै टिकटक बन्द गर्ने निर्णय गरेको छ।

महामन्त्री थापाले सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा बन्द गरिनु सरासर गलत भएको बताएका छन्।

सामाजिक सञ्जाल बन्द गर्ने नगर्ने भन्दा यो सरकारको नियतको विषय रहेको उनले जिकिर गरेका छन्।

‘टिकटक बन्द गर्ने निर्णय गरेर सरकार उल्टो कदम हिँडेको छ,’ थापाले सामाजिक सञ्जालमा लेखेका छन्,‘सामाजिक सञ्जालको दुरूपयोग गर्नेलाई निरूत्साहित गर्न नियमन आवश्यक छ। तर, सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा बन्द गरिनु सरासर गलत हो। यो एउटा सामाजिक सञ्जाल बन्द गर्ने नगर्ने भन्दा पनि यो सरकारको नियतको विषय हो।’ 

उनले टिकटक बन्द गर्ने निर्णय गरेर सरकारले अभिव्यक्ति तथा व्यैक्तिक स्वतन्त्रतालाई कुण्ठित गर्न खोजेको आरोप लगाएका छन्।

थापाले यो निर्णय सच्याउन सरकारसँग माग गरेका छन्।

‘यसमा सरकारको नियत अभिव्यक्ति तथा व्यैक्तिक स्वतन्त्रतालाई कुण्ठित गर्ने देखियो। सरकारे यो कदम सच्याउनुपर्छ, यसमा किन्तु परन्तु केही पनि चल्दैन,’ उनले भनेका छन्।

 

Tags: