post-slider post-slider

स्रोत नखुलेको करिब ९ लाख रूपैयाँसहित एक जना पक्राउ

Image
A A

काठमाडौं- स्रोत नखुलेको करिब ९ लाख रूपैयाँसहित सिरहाबाट एक जना पक्राउ परेका छन्।

सिरहा नगरपालिका–१७ बस्ने ४८ वर्षीय सञ्जीवकुमार साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरी चौकी खिरौनाबाट खटिएको प्रहरी सहायक निरीक्षक दुर्गाप्रसाद यादवको कमाण्डको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको साहलाई सिमा क्षेत्रबाट पक्राउ गरेको हो।

बा १२ प १६३७ नम्बरको मोटरसाइकलमा सवार साहको शरीरमा बेरेर राखिएको २ लाख २० हजार र भारतीय रूपैयाँ ४६ हजार १ सय, मोटरसाइकलमा लुकाएर राखेको रू. ६ लाख गरी जम्मा ८ लाख ७५ हजार ७६० रूपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीले साहलाई रकम र मोटरसाइकलसहित नियन्त्रणमा लिइ थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको सिरहाका प्रहरी प्रवक्ता डिएसपी रवीन्द्रराज पाण्डेले जानकारी दिए।

 

Tags: