post-slider post-slider

जर्जियाको जेलमा ट्रम्पले आत्मसमर्पण गरे

Image
A A

काठमाडौं- अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले जर्जियाको फुल्टन काउन्टी जेलमा आत्मसमर्पण गरेका छन्। २०२० को चुनावमा पराजयको नतिजा उल्ट्याउन खोजेको भन्दै उनीविरुद्ध मुद्दा चलिरहेकोमा उनले जेलमा आत्मसमर्पण गरेका हुन्।

ट्रम्पको मग सट सार्वजनिक गरिएको छ। उनको मग सट सार्वजनिक भएको यो पहिलो पटक हो। ट्रम्पको जमानतको लागि दुई लाख डलरको रकम तोकिएको छ।

यस महिनाको सुरुमा जर्जियाका एक अभियोजकले रिपब्लिकन नेता र पूर्व राष्ट्रपतिविरुद्ध धेरै आरोप लगाएका थिए। जो बाइडेनको पराजयलाई प्रभावकारी रूपमा उल्टाउने षड्यन्त्रमा संलग्न भएको आरोप उनीमाथि छ।

ट्रम्पले अदालत वा संघीय अधिकारीसामु आत्मसमर्पण गरेको यो वर्ष चौथो पटक हो। यसअघि पनि उनीविरुद्ध फौजदारी मुद्दा चल्दा उनले तीनपटक आत्मसमर्पण गरेका थिए।

अमेरिकी मिडियाका अनुसार सन् २०२३ अघि अमेरिकामा यस्तो कहिल्यै देखिएको थिएन।

यस्तै करिव साढे दुई वर्षपछि ट्रम्पले सोसल मिडिया प्लेटफर्म ट्विटरमा ट्विट गरेका छन्। उनले मग सटको तस्विरसँगै आफ्नो वेबसाइटको जानकारी पनि सेयर गरेका छन्।

यसअघि ट्रम्पले ८ जनवरी २०२१ मा ट्वीट गरेका थिए। ट्रम्पलाई ट्विटरबाट प्रतिबन्ध लगाइएको थियो र उनले आफ्नै सामाजिक मिडिया ट्रुथ चलाउन थालेका थिए।

 

Tags: