post-slider post-slider

अदालतको आदेश : इपिएस परीक्षामा सबैलाई सामेल गराउनु

Image
A A

काठमाडौंं-कोरियन जहाज कम्पनीका कामदार र उत्पादकमूलक कामदार छनोट गर्ने प्रयोजनका लागि आवेदन दिएका सबैलाई इपिएस परीक्षामा सामेल गराउन उच्च अदालत पाटनले आदेश दिएको छ।

गणेश राईलगायतले दायर गरेको निवेदनमाथि शुक्रबार सुनुवाइ गर्दै उच्च अदालतका न्यायाधीश चन्द्रमणि ज्ञवालीको एकल इजलासले यस्तो आदेश दिएको हो।

आदेशमा भनिएको छ,‘...निवदेकहरू लगायत निवेदक सरहका समान प्रकृतिका इच्छुक व्यक्तिहरूलाई उल्लेखित मिति २०८०/८/११ को सूचनाबमोजिम मिति २०८०÷९÷२ बाट खुला गरिएको आवेदन फारम भर्न रोक नलगाउनु र परीक्षामा आवेदन फरम भर्न दिनु दिलाउनु भनी विपक्षीहरूको नाउँमा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ (१) बमोजिम अन्तरिम आदेश जारी गरिदिएको छ। प्रस्तुत आदेशको जनाउ विपक्षीहरूलाई दिई नियमानुसार गर्नु।’

 

Tags: