post-slider post-slider

दीपक मल्होत्रा प्रस्टिकरण- सुन तस्करीमा मेरो संलग्नता छैन, असत्य र भ्रामक समाचार आए

Image
A A

काठमाडौं- व्यवसायी दीपक कुमार मलहोत्राले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामत भएको ठूलो परिमाणको सुनमा आफ्नो संलग्नता भनेर आएको समाचारलाई लिएर आपत्ति जनाएका छन्। उक्त समाचार कपोकल्पित, भ्रामक र असत्य रहेको मल्होत्राको दाबी छ।

बिहीबार दिउँसो पत्रकार सम्मेलन गर्दै उनले विमानस्थलमा पक्राउ परेको सुनमा आफ्नो संलग्नता नभएको प्रष्ट पारेका हुन्। ‘सुन आयातमा म र मेरो परिवार संलग्न छैन। मेरो साझेदार कम्पनी पनि संलग्न नरहेको स्पष्ट पार्न चाहन्छु,’ मल्होत्राले भने। 

आफू र आफ्नो परिवारले गरेको कारोबारको कर कानुनबमोजिम सरकारलाई तिरिरहेको उल्लेख गर्दै उनले सुन ल्याउने गिरोहलाई बचाउनका लागि र घटना डाइभर्ट गर्न नियोजित रुपमा आफ्नो नाम जोडिएको हुनसक्ने आशंका गरे। 

उनले आफ्नोबारेमा गलत समाचार लेख्ने मिडिया र पत्रकारले माफी नमागे र खण्डन प्रकाशन नगरे कानुनी उपचारमा जाने पनि चेतावनी दिएका छन्।

 

 

Tags: