post-slider post-slider

महिला क्रिकेटरहरूको ग्रेडिङ तोकियो, कसले कति तलब पाउँछन् ?

Image
A A

काठमाडौँ - नेपाल क्रिकेट संघ (क्यान)ले महिला क्रिकेटरको ग्रेड तोकेर नयाँ तलब निर्धारण गरेको छ।

सोमबार बसेको क्यानको बैठकले १९ जना महिला क्रिकेटरलाई सेन्ट्रल कन्ट्र्याक्टमा राख्ने निर्णय गरेको हो।

जसअनुसार ग्रेड एमा कप्तान इन्दु बर्मासँगै रुबिना क्षेत्री र सीता राना मगर छन्। ग्रेड बीमा कबिता कुँवर मात्र छिन् भने सी ग्रेडमा पूजा महतो र अश्मिना कर्माचार्य र ग्रेड डीमा अप्सरी बेगम, कविता जोशी, संगीता राई, काजोल श्रेष्ठ र बिन्दु रावल परेकी छन्।

इमर्जिङ क्याटगोरीमा सोनी पाख्रिन, खुसी डंगोल, ज्योत्सनिका मरासिनी, कञ्चन श्रेष्ठ, रुबि पोद्दार, सृष्टि जैसी, सम्झनाकुमारी खड्का र सना प्रविन छन्।

क्यानका अनुसार ग्रेड एमा पर्ने महिला क्रिकेटरले मासिक ५० हजार रुपैयाँ तलब पाउनेछन् भने बी ले ३५ हजार, सीले ३० हजार, डीले २५ हजार र इमर्जिङ क्याटगरीमा परेका क्रिकेटरले मासिक २० हजार तलब पाउनेछन्।

Tags: