post-slider post-slider

एक क्विन्टल सुन तस्करीको अनुसन्धान एसपी सञ्जय सिंह थापाको नेतृत्वमा

Image
A A

काठमाडौं– करिब एक क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धान एसपी सञ्जय सिंह थापाको कमाण्डमा हुने भएको छ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एसपी थापाको कमाण्डले यो सुन तस्करी प्रकरणको अनुसन्धान गर्ने नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुवेर कडायतले जानकारी दिए।

एसपी थापाको कमाण्डले आवश्यकता अनुसार प्रहरीहरुको सहयोग लिनेछ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि राजश्व अनुसन्धान विभागले सीआईबीलाई आइतबार थप अनुसन्धानका लागि फाइल बुझाएको थियो।

यो प्रकरणमा पक्राउ परेका १७ जनालाई पनि राजश्वबाट सीआईबीको हिरासतमा लगिएको छ। अब सीआईबीले उनीहरुमाथि थप अनुसन्धान गर्नेछ।

 

Tags: