post-slider post-slider

काठमाडौं आइपुगे चिनियाँ कम्युनिष्ट पार्टीका शीर्ष नेता

Image
A A

काठमाडौं- चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का पोलिटब्युरो सदस्य युआन च्या च्युन काठमाडौं आइपुगेका छन्। श्रीलंका भ्रमण सकेर उनी काठमाडौं आएका हुन्।

युआन सीपीसीका उच्च तहका नेता हुन्। तीन दिन काठमाडौं रहँदा उनले नेपालका शीर्ष नेताहरुसँग भेटवार्ता गर्नेछन्। 

शनिबार नै प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड इटाली प्रस्थान गरेकाले उनीसँग भने भेटवार्ता हुनेछैन।

तर युआनको यो भ्रमणमा प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणबारे समेत छलफल हुने तयारी रहेको जनाइएको छ।

Tags: