post-slider post-slider

मापसेपछि विवाद गर्नेमाथि एसिड प्रहार

Image

काठमाडौं- धादिङमा मादक पदार्थ सेवन गरी विवाद गर्ने दुईजना माथि मंगलबार बिहान एसिड प्रहार गरिएको छ। 

गजुरी गाउँपालिका–२, मलेखुमा सञ्चालित भद्रकाली सुनचाँदी पसलका सञ्चालक ३२ वर्षीय प्रविण विकले एसिड प्रहार गरेको प्रहरीले जनाएको छ। 

मापसे सेवन गरी उनको पसलमा पुगेका व्यक्तिले विवाद गरेका थिए। प्रहरीका अनुसार सोही क्रममा उनले आफ्नै पसलमा रहेको एसिड निकालेर छ्यापेका थिए। 

एसिड प्रहारबाट धादिङकै बेनीघाट रोराङ गाउँपालिका–३ का १८ वर्षीय दिपेश क्षेत्री र ६३ वर्षीय डम्बरबहादुर पुलामी घाइते भएका छन्। एसिड प्रहार गर्ने विक बेनीघाट रोराङ–३ कै स्थानीयवासी हुन्। 

घाइतेहरूको मलेखु टिचिङ अस्पतालमा उपचार भइरहेको छ। 

दिपेशको शरीरका विभिन्न भाग तथा डम्बरको अनुहार र शरीरमा एसिड प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी सन्तुलालप्रसाद जैसवालले जानकारी दिए। 

Tags: