post-slider post-slider

विश्वकपमा न्युजिल्यान्डको आक्रमक सुरुवात, इन्ग्ल्यान्ड ९ विकेटले पराजित

Image
A A

काठमाडौं - आइसिसी एकदिवसीय विश्वकप क्रिकेटमा अघिल्लोपटकको उपविजेता न्युजिल्यान्डले आक्रमक सुरुवात गरेको छ।

विश्वकपको १३ औं संस्करणको पहिलो खेलमा न्युजिल्यान्डले डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्डलाई ९ विकेटले पराजित गरेर आक्रमक सुरुवात गरेको हो।

गुजरातको अहमादाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा न्युजिल्यान्डले अघिल्लो विश्वकप विजेता इंग्ल्यान्डलाई ९ विकेटले पारजित गरेको छ।

टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २८२ रन बनाएको थियो।

२८३ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले ३६.२ ओभरमा १ विकेट गुमाएर पूरा ग¥यो।

न्युजिल्यान्डका ओपनर डियोन कन्भोयले अविजित १५२ रन बनाए भने तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका राचिन रवीन्द्रले १२३ रन जोडे। रवीन्द्र पनि अन्तिमसम्म नटआउट रहे।

अर्का ओपनर विल यंग भने शून्य रन बनाएर आउट भएका थिए।

यसअघि ब्याटिङ गरेको इंंग्ल्यान्डका जोस रुटले सर्वाधिक ७७ रन बनाएका थिए।

त्यस्तै जोनी ब्रेटसौ ३३, डेभिड मलान ३४, ह्यारी ब्रुक २५, मोइन अली ११, जौस बटलर ४३ र लियाम लिविङ्स्टनले २० रन बनाएका थिए।

 

Tags: