post-slider post-slider

कहिलेदेखि आउला मौसममा सुधार?

Image
A A

काठमाडौं- जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आउँदो बुधबारपछि मौसममा क्रमिक सुधार हुने जनाएको छ ।

महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले अहिले देशभर जारी हल्का वर्षा निरन्तर जारी रहने बताउँदै दुई दिनपछि मौसममा क्रमिक सुधार हुने जानकारी दिइन्।

'नेपालमा हाल भारतको बिहार र पश्चिम बङ्गाल आसपासको क्षेत्रमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव छ। कोशी, मधेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ,' उनले भनिन्।

उनले बुधबारपछि भने निरन्तर जारी वर्षा रोकिँदै फेरि पर्न सक्ने सम्भावना रहेको बताइन्।

'विगत तीन घण्टाको प्रारम्भिक अध्ययन हेर्दा बुधबारपछि हल्का वर्षा रोकिने देखिन्छ। त्यसपछि मौसममा आंशिक बदली रही पानी रोकिँदै पर्दै, रोकिँदै पर्ने सम्भावना छ,' उनी भन्छिन्।

हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

Tags: