post-slider post-slider

कोसी प्रदेस : अध्यादेशबाट सरकारले ल्यायो बजेट

Image
A A

काठमाडौं- कोसी प्रदेस सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ।

आन्तरिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिहीबार अध्यादेशमार्फत बजेट सार्वजनिक गरेका हुन्।

मुख्यमन्त्री कार्कीले मन्त्रालयको सभाहलमा बजेट सार्वजनिक गरेका थिए।

कार्कीले आगामी आर्थिक वर्षका लागि ३६ अर्ब २४ करोड ३५ लाख १० हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेका हुन्।

बजेटमा चालु खर्चतर्फ १४ अर्ब ३९ करोड ६२ लाख ६६ हजार, पुँजीगततर्फ १८ अर्ब २३ करोड ४२ लाख ५२ हजार र वित्तीय हस्तान्तरणतर्फ १ करोड र स्थानीय तहमा वित्तिीय हस्तान्तरणमा ३ अर्ब ६० करोड २९ लाख ९२ हजार रुपैयाँ विनियोजन गरिएको छ।

बजेटको स्रोततर्फ आन्तरिक ४ अर्ब ५७ करोड ७८ लाख ५० हजार र राजस्व बाँडफाँटबाट ११ अर्ब ६४ करोड ८१ लाख, संघीय अनुदानबाट १५ अर्ब ३६ करोड ४६ लाख, नगद मौज्दात ३ अर्ब ७५ करोड १ लाख र वैदेशिक अनुदानबाट १५ करोड ४ लाख ६० हजार आयको अनुमान उनले प्रस्तुत गरेका छन्।

बजेटमा कृषिमार्फत रोजगारी सिर्जना गर्ने लक्ष्य लिइएको छ। कृषिको आधुनिकीकरणमार्फत रोजगारी सिर्जना गर्न कृषि क्षेत्रका लागि २ अर्ब ७ करोड बजेट विनियोजन गरिएको छ।

त्यस्तै उद्योगतर्फ ४३ करोड, भौतिक पूर्वाधारतर्फ ११ अर्ब ४१ करोड ३६ लाख, खानेपानी, सिँचाइ तथा ऊर्जातर्फ ५ अर्ब ४३ करोड ८३ लाख बजेट विनियोजन गरिएको छ।

स्वास्थ्यतर्फ ३ अर्ब ७ करोड २७ लाख, सामाजिक विकासतर्फ १ अर्ब ७९ करोड ३३ लाख, श्रम तथा रोजगार भूमि व्यवस्था, वन, वन्यजन्तु तथा जैविक विविधता, पर्यटन क्षेत्रमा पनि बजेट विनियोजन गरिएको छ।

 

Tags: