post-slider post-slider

देशको अर्थतन्त्र लयमा फर्किएको छ : अर्थमन्त्री

Image
A A

काठमाडौं- अर्थमन्त्री प्रकाशशरण महतले अर्थतन्त्रमा उत्साहजनक वातावरण बन्दै गएको बताएका छन्।

मंगलबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महतले यस्तो बताएका हुन्।

उनले अर्थतन्त्रमा देखिएको अहिलेको उत्साहजनक वातावरणलाई निजी क्षेत्र र नागरिक समाजले सकारात्मक सन्देश दिनुपर्ने बताए।

महतले भने,‘सकारात्मक तरिकाले देशको अर्थतन्त्र अगाडि बढेको छ। निर्धक्क भएर लगानीको वातावरण बनाउनसकिन्छ भन्ने कुराको सन्देश अब निजी क्षेत्र र नागरिक समाजले भन्नुपर्ने अवस्था थियो।’

यसअघि अर्थतन्त्रमा देखिएका समस्याहरू समाधान हुँदै गएको उनको भनाइ छ।

मन्त्री महतले देशको अर्थतन्त्र सुधारको गतिमा रहेकाले लगानीको वातावरण तयार भएको दाबी गरे।

 

 


अर्थतन्त्रले सुधारको लय समातेको र बिस्तारै घरजग्गाको कारोबार पनि सुधार हुँदै गएको उनले बताए।
‘अर्थतन्त्रले सुधारको लय पक्रँदै छ। बिस्तारै घर जग्गाको कारोबार पनि सुधारिँदै छ। समग्रमा विदेशी रेमिट्यान्स बढेकै छ। टुरिज्म अहिलेसम्मकै बढी आएका छन्। यी सबै घटनाक्रमले अहिले देशको अर्थतन्त्र लयमा फर्किएको छ,’ उनले भने।
विगतमा मौद्रिक नीति र वित्त नीतिमा देखिएको कमजोरीले देशमा आर्थिक समस्या भएको बताउँदै उनले अहिले त्यसमा सुधार आएको उल्लेख गरे।
महतले बैंक तथा वित्तीय संस्थाहरूले क्रमशः ब्याजर घटाउँदै लगेकाले पनि अब लगानीको सुनिश्चितता बढाउन सकिने बताए।

 

Tags: