post-slider post-slider

स्पेनिस ला लिगामा बार्सिलोना बराबरीमा रोकिँदा रियललाई फाइदा

Image
A A

काठमाडौं - जारी सिजनको ला लिगा अन्तर्गत स्पेनिस क्लब बार्सिलोना बराबरीमा रोकिएको छ।

लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोना शनिबार राति अन्तिम समयमा सम्हालिन नसक्दा रियल बेटिससँग २-२ गोलको बराबरीमा रोकिएको हो।

बार्सिलोनालाई बराबरीमा रोक्ने क्रममा थपिएको इन्ज्युरी समय ९४ मिनेटमा बेटिसका असानी डिएओले गोल गरेका थिए।

सुरुवाती अग्रता लिएको बार्सिलोनाका लागि खेलको ३९ मिनेटमा लेवान्डोस्कीले गरेका थिए। ६८ मिनेटमा पेनाल्टी पाएपछि बेटिसका लो सेल्सोले गोल फर्काएर १-१ बराबरीमा ल्याए।

८२ मिनेटमा बार्सिलोनाका टोरेजले गोल गर्दै २-१ को स्थितिमा ल्याए पनि बार्सिलोनाले जित निकाल्न सकेन।

यो बराबरीसँगै बार्सिलोनासँग अंक तालिकामा प्रतिस्पर्धा गरिरहेको रियल म्याड्रिडलाई फाइदा पुगेको छ।

रियलले आइतबार बिहान राति भएको खेलमा जिरोनालाई ३-० ले हराएको छ। रियलका बेलिंघम, गुलेर र एम्बाप्पेले गोल गरेका थिए।

एक खेल कम खेलेको रियलको ३६ अंक छ भने एक खेल बढी खेलेको बार्सिलोनाको ३८ अंक रहेको छ।  

प्रिमियर लिगमा युनाइटेडको हार, सिटी बराबरीमा रोकियो

जारी सिजनको प्रिमियर लिगमा खराब प्रदर्शन गर्ने क्रममा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले अर्को हार व्यहोरेको छ। साबिक विजेता म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ।

शनिबार राति भएको खेलमा युनाइटेडलाई नटिङ्घम फरेस्टले ३-२ ले पराजित गरेको हो।

युनाइटेडविरूद्ध खेलको २ मिनेटमै फरेस्टले गोल गरेको थियो। फरेस्टका मिलेन्कोभिचले गोल गर्दै युनाइटेडविरूद्ध अग्रता लिएका थिए।

युनाइटेडका होजलुन्डले १८ मिनेटमा गोल फर्काएका थिए। खेलको ४७ मिनेटमा फरेस्टका जिब्स ह्वाइट र ५४ मिनेटमा उडले गोल थपेपछि युनाइटेड ३-१ ले पछि परेको थियो।

युनाइटेडका ब्रुनो फर्नान्डेजले खेलको ६१ मिनेटमा अर्को गोल थपे पनि युनाइटेडले हार टार्न सकेन।

लिगमा खराब प्रदर्शन गर्ने क्रममा सिटी क्रिस्टल प्यालेससँग २-२ गोलको बराबरी खेल्यो।

खेलको चार मेनेटमा मुनोजको गोलबाट अग्रता लिएको प्यालेसका लागि ५६ मिनेटमा लाक्रोइक्सले अर्को गोल गरेका थिए।

सिटीका हालान्डले ३० र लेविसले ६८ मिनेटमा गोल गरेका थिए। युनाइटेड १९ अंक साथ लिगको १३औं स्थानमा छ भने फरेस्ट २५ अंक साथ लिगको पाँचौं स्थानमा छ।

यता, सिटी २७ अंक साथ लिगको चौथो स्थानमा छ। ३५ अंक साथ लिगको शीर्ष स्थानमा रहेको लिभरपुललाई कुनै पनि क्लबले अहिलेसम्म चुनौती दिन सकेका छैनन्।

Tags: