post-slider post-slider

भेरी अस्पतालमा सकियो रेबिजविरुद्धको खोप, उपचार प्रभावित

Image
A A

बाँके। नेपालगञ्जस्थित भेरी अस्पतालमा दुई हप्तादेखि रेबिजविरुद्धको खोप सकिएपछि बिरामीलाई सास्ती भएको छ। 

अस्पतालले निःशुल्क दिँदै आएको रेबिजविरुद्धको खोप सकिएपछि बिरामीले अस्पताल बाहिर महँगो दरमा खोप किन्न बाध्य भएका छन्। प्रदेश आपूर्ति केन्द्र र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा समेत रेबिजविरुद्धको खोप भण्डारण नरहेकाले अभाव भएको भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा बद्री चापागाईले जानकारी दिए। 

उनका अनुसार, गत जेठ २८ गतेनै अस्पतालले रेबिजविरुद्धको खोप उपलब्ध गराउन नसकिनेबारे बिरामीको जानकारीको लागि सूचना टाँस गरिएको छ। भेरी अस्पतालमा उक्त खोप निःशुल्क पाइन्छ भनेर आएका बिरामीले अस्पतालमा नहुँदा बाहिरबाट किनेर लगाइरहेका छन्।

अस्पतालमा भ्याक्सिन सकिएकाले बिरामीले बाहिरबाट किनेर ल्याएपछि लगाइदिने गरेको स्वास्थ्यकर्मी कृष्णबहादुर बुढाथोकीले जानकारी दिए। भेरी अस्पतालमा नयाँ र पुराना गरेर दैनिक एक सय जनाको हाराहारीमा रेबिजविरुद्धको खोप लगाउन आउने गरेका बुढाथोकीले बताए। 

एउटा सुई दुई बिरामीलाई लगाइन्छ। अस्पतालमा निःशुल्क मिल्ने खोप अस्पताल बाहिर बिरामीले रु छ सयसम्ममा खरिद गर्न बाध्य भएका छन्। 

Tags: