post-slider post-slider

१७ सय वर्षपछि पत्ता लाग्यो शान्टा क्लजको असली अनुहार

Image

काठमाडौं - तपाईंले २५ डिसेम्बर अर्थात् क्रिसमसको बेलामा रातो लुगा, रातो टोपी र सेतो दारही पालेको मान्छेले उपहार बाँडिरहनु भएको पक्कै देख्नु भएको होला, सायद नदेख्ने कमै छन। 

प्रत्यक्ष नदेखे पनि फोटो र भिडियोमा भने अवस्य नै देखेको हुनुपर्छ। खासमा उनी हुन्, शान्टा क्लजका प्रतिक। जो सयौं वर्षअघि उनी सोही शैलीको ड्रेसमा उपहार बाडँदै हिँड्थे।

आज उनै सान्टा क्लजको उपहार बाँड्ने दिन पनि हो। उनकै सम्झनामा आजकाल सोही कपडामा मानिसहरूले उपहार बाँडिरहेका छन्। यो उनीप्रतिको सम्मान हो। 

हालै वैज्ञानिकहरुले अत्याधुनिक प्रविधिबाट शान्टा क्लजको असली अनुहार बनाएको दाबी गरेका छन्।

न्यूयोर्क पोस्टको एक रिपोर्टमा माइराको सेन्ट निकोलसका अनुहार उनको मृत्युको १७०० वर्षपछि खोपडीको तथ्याङ्क विश्लेषण गरेर सिर्जना गरिएको बताइएको छ।

यसमा संलग्न प्रमुख अनुसन्धानकर्ता सिसेरो मोरेसले सेन्ट निकोलसको अनुहार बनाउन वैज्ञानिकहरूले सन् १९५० मा लुइगी मार्टिनोले संकलन गरेको तथ्यांक प्रयोग गरेको बताएका छन्।

यस समयमा सेन्ट निकोलसको शरीरको अवशेष पनि अध्ययन गरिएको थियो। उनी आफ्नो मेरुदण्ड र कम्मरमा दीर्घकालीन गठियाबाट पीडित रहेको पनि खुलासा भएको छ। यो पनि रिपोर्ट गरिएको थियो कि उनको शिर एकदम ठूलो थियो। जसका कारण उनलाई हरेक दिन टाउको दुख्ने गरेको हुनुपर्छ।

यस अनुसन्धानमा सेन्ट निकोलसको त्यही अवशेष प्रयोग गरिएको थियो जसलाई पहिले माइरामा गाडिएको थियो र पछि हड्डीहरूलाई इटाली लगिएको थियो र बारीमा गाडिएको थियो। जो उत्खनन् गरेर वैज्ञानिकहरुले १७ सय वर्षपछि उनको असली अनुहार बनाएको दावी गरेका छन्। 

Tags: